काठमाडौं — नेपालका विभिन्न खुला सीमानाकाबाट प्रवेश गरेका भुटानी, तिब्बती र रोहिंग्यासहित १० हजार ३२५ जना शरणार्थी देशका विभिन्न क्षेत्रमा बसोबास गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा ६ हजार २७२ भुटानी, ३ हजार ५२६ तिब्बती र ५२६ रोहिंग्या शरणार्थी रहेका छन्।

रोहिंग्या शरणार्थीमध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका रहेका छन्। प्रहरीका अनुसार उनीहरू देशका विभिन्न स्थानमा सामूहिक रूपमा बसोबास गरिरहेका छन्।

ADVERTISEMENT

प्रहरीले पछिल्लो समय शरणार्थी व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको जनाएको छ। सुरक्षा अधिकारीहरूले धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा शरणार्थीहरूको दुरुपयोग हुन सक्ने जोखिमप्रति समेत चिन्ता व्यक्त गरेका छन्।

ADVERTISEMENT