काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०४ अंक घटेर २६४१.०५ विन्दुमा झरेको छ। अघिल्लै दिनको घट्दो क्रमलाई नेप्सेले आज पनि निरन्तरता दिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ । फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। शुक्रबार तीन अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

ADVERTISEMENT

सोमबार ३५२ स्टकको ५३ हजार ५२४ पटकको कारोबारमा तीन अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको एक करोड नौ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार सोलु हाइड्रोपावर कम्पनीको ४६ कराड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँ र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार १२ करोड रुपैयाँ नाघेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.४७ प्रतिशत बढेको छ। दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम छ।