काठमाडौं । मधेश केन्द्रित दल एकजुट भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ७ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।
आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो। मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।
मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ।











