काठमाडौँ ।  भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी)का प्रमुख प्रशान्त किशोर (पीके) विजयी हुनुभएको छ।

पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका किशोरले भारतीय जनता पार्टी (भाजपा)को करिब तीन दशकदेखि कायम रहेको बलियो गढ भत्काउँदै ऐतिहासिक जित दर्ता गर्नुभएको हो।

ADVERTISEMENT

यो क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा पर्दै आएको थियो। नबिन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटका लागि भएको उपचुनावमा किशोरले विजय हासिल गर्नुभएको हो।

विश्लेषकहरूका अनुसार दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन तथा युवाहरूको असन्तुष्टिले चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पारेको छ। धेरै शैक्षिक संस्था रहेको बाँकीपुर क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो राजनीतिक झट्का दिएको मानिएको छ।

ADVERTISEMENT