बाजुरा  – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ५१ वर्षीय रामे थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो।

उनीसँगै विषालु च्याउ खाएकी उनकी श्रीमती नाम्सरी थापा गम्भीर बिरामी रहेकी छन्। उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीले वर्षायाममा जङ्गली च्याउ सेवन गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ, किनकि विषालु च्याउको सेवनले ज्यानै जान सक्ने जोखिम हुन्छ।