काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने भएको छ ।

ADVERTISEMENT

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् । कांग्रेस दलको बैठकमा पार्टीका पदाधिकारी उपस्थित हुने प्रचलन छ । पौडेल प्रतिनिधिसभा सदस्य होइनन् ।

आन्तरिक किचलोका कारण कांग्रेसमा विभाजनको अवस्था आएसँगै सोमबार संसदीय दलको बैठक बोलाइएको हो ।

ADVERTISEMENT