काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।
बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने बताइएको छ। सरकारले सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी डोजर आतंक मच्चाएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ । सुकुमवासीको विषयलाई सदनमा सशक्त ढंगले उठाउने कांग्रेसले तयारी गरेको छ।
आगामी वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान भइसकेको सन्दर्भमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा गम्भीर छलफल हुने थापाले बताइन्।
कांग्रेसमा दलको नेता भीष्मराज आङ्देम्बे, उपनेता अभिषेकप्रताप साह, प्रमुख सचेतक बासना थापा र सचेतक निष्कल राई चयन भइसकेका छन् ।




