काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकका लागि कांग्रेसले आफ्ना सबै सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिएको छ ।

ADVERTISEMENT