काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्ने भएको छ ।

कार्यक्रममा सुशासन र राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदनकुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली र वैदेशिक सम्बन्धका विज्ञ सौरभराज पन्त सहभागी हुने कांग्रेसले जनाएको छ ।

ADVERTISEMENT

कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले कार्यक्रम गर्न लागेको हो । कार्यक्रम आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

ADVERTISEMENT

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले शनिबार सय दिन पूरा गरेको छ । सरकारले सय दिनमा ८७ प्रतिशतभन्दा बढी काम पूरा गरेको दाबी गरेको छ ।