काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी साउन २२ शुक्रबारसम्म खुला राखिएको जनाएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनसमेत आवेदन फाराम खुला रहने जानकारी दिएको हो ।

ADVERTISEMENT

वैदेशिक रोजगार विभागले साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणालीअन्तर्गत आवेदन दिने म्याद थप गरिएकाले त्यसलाई मध्यनजर गर्दै हालका लागि थप आवेदन फाराम पनि खुला गरिएको हो।

राहदानी विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ। साथै, तोकिएको समयमै उपस्थित भएमा सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।

ADVERTISEMENT