काठमाडौं । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

ADVERTISEMENT

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सहभागी छन्।

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा सुनसरी घटनापछि उत्पन्न अवस्था, सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा राजनीतिक दलहरूबाट साझा सन्देश जारी गर्ने विषयमा छलफल भइरहेको छ।

ADVERTISEMENT

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार संवेदनशील घटनापछि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि एकीकृत सन्देश आवश्यक ठानिएकाले सर्वदलीय बैठक आयोजना गरिएको हो।

उनका अनुसार बैठकको उद्देश्य द्वेष न्यूनीकरण गर्दै सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न साझा धारणा बनाउनु हो।