काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।

गत १ असारको राहदानी (पासपोर्ट) प्रकरणमा उग्र व्यवहार देखाएको र निरन्तर आचरणमा प्रश्न उठेको भन्दै उनलाई टोलीबाट बिदा गरिएको स्रोतले बताएको छ ।

ADVERTISEMENT

राहदानी विभाग र अख्तियारका पदाधिकारीसामु खनाल उग्र रूपमा प्रस्तुत भएका विभिन्न सञ्चारमाध्यमले लेखेका थिए । खनालविरुद्ध अन्य व्यक्तिगत क्रियाकलापबारे पनि उजुरी परेको थियो ।

ADVERTISEMENT

उनलाई टिममा राखिरहँदा प्रधानमन्त्री र समग्र सचिवालयको छविमा असर पर्ने सामूहिक निष्कर्षपछि जिम्मेवारीबाट अलग गरिएको पत्र दिइएको हो ।