काठमाडौं । झापाको अर्जुनधारा–५ निवासी बिमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपिल गरेकी छिन् ।
अढाई वर्षदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिम्बासयमा हुने क्यान्सरको उपचार गराइरहेकी ५० वर्षीया बस्नेतलाई पछिल्लोपटक कलेजोमा समेत क्यान्सरको संक्रमण देखिएको थियो ।
न्यून आर्थिक अवस्थाका कारण उपचार असहज बन्दै गएको भन्दै बस्नेतले आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेकी हुन् । ‘डिम्बासयमा हुने क्यान्सरको उपचार गर्दै गर्दा कलेजोमा समेत क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन गाह्रोे भयो । मेरो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोगका लागि आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छन् ।
महालक्ष्मी विकास बैंकमा रहेकोे आफ्नो बैंक खाता नम्बर ०५७१२१००७२११८७०००००१ वा सोही खाताको क्युआर कोडमा आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन् । सहयोग गर्न चाहनेहरुले आफ्ना श्रीमान् रुद्र बस्नेतसँग ९८०१९२८८०१ मा सम्पर्क गर्नसक्ने पनि उनले बताएकी छिन् ।
२०८० फागुन १० गते क्यान्सर पत्ता लागेपछि विभिन्न चरणमा किमोथेरापी पूरा गरेकी बस्नेतको कलेजोमा पनि क्यान्सर संक्रमण देखिएपछि उपचार झनै जटिल बनेको उनले बताएकी छिन् ।





