काठमाडौं । सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ADVERTISEMENT

यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू–

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

ADVERTISEMENT

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।