काठमाडौँ। नेपाली कांग्रेसले प्रदेश सरकारको वर्तमान अवस्था, गठन, सञ्चालन र सम्भावित सहकार्यबारे प्रदेश सभापति, संसदीय दलका नेता तथा मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, तथा महामन्त्री गुरुराज घिमिरे सहभागी थिए।

ADVERTISEMENT

बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णाली प्रदेश सभापति ललितजंग शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र संसदीय दलका नेता दिल्ली चौधरी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, मधेशका मुख्यमन्त्री कृष्ण यादव तथा कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालगायत सहभागी भएका थिए।

बैठकले प्रदेश सरकार गठन, सञ्चालन र निरन्तरताका लागि ठूला तथा साना सबै राजनीतिक दलसँग वार्ता र संवादको ढोका खुला राख्ने निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार प्रदेशअनुसार राजनीतिक अवस्था फरक–फरक रहेकाले अहिले नै कुनै एक दलसँग सहकार्य गर्ने निर्णय नभएको र आवश्यकताअनुसार सबै दलसँग संवादलाई निरन्तरता दिने सहमति भएको छ।

घिमिरेले प्रदेश सरकार गठनका विषयमा अहिलेसम्म कुनै दलसँग औपचारिक सहकार्यको सहमति नभए पनि वार्ता र संवादको प्रक्रिया भने जारी रहेको बताए।