काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्।
आसिफले १०६ बलमा १०२ रन बनाउँदै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। उनले आफ्नो पारीमा ४ छक्का र ८ चौका प्रहार गरे। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो।
यस्तै, प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका नेपाली कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिए।
फाइनलमा भने सन्दीपले एक विकेट मात्र लिन सफल भए।





