काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ६ दिनपछि नेप्सेमा करेक्सन भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा झरेको छ।

१३ मध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ । वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत घटेको छ ।

ADVERTISEMENT

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३४६ स्टकको ५६ हजार ९४ पटकको कारोबारमा पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको एक करोड १३ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

बुधबार रिडी पावर कम्पनीको ४२ करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। बुंगल हाइड्रोको सेयरमूल्य साढे १० प्रतिशत, सालपा विकास बैंकको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।