काठमाडौं — सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संसद् भवनमा दिउँसो १:१५ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ।
कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा सांसदहरूले उठाएका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनेछिन्।
त्यस्तै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पनि मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
बैठकको उत्तरार्धमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। प्रतिवेदनमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने उठेका जिज्ञासा र सुझावबारे सरकारका तर्फबाट जवाफ दिइने संसद् सचिवालयले जनाएको छ।








