काठमाडौं । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि अन्य बिदाको संख्या र औचित्यबारे अध्ययन आवश्यक ठहर गर्दै सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको जनाएको छ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

ADVERTISEMENT

कार्यदललाई हाल कायम सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरावलोकन गरी १५ दिनभित्र प्रतिवेदन तयार गरेर गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।

सरकारले दुईदिने साप्ताहिक बिदा लागू भएपछि सेवा प्रवाह र सरकारी कार्यसम्पादनमा परेको प्रभावलाई समेत मूल्याङ्कन गर्दै सार्वजनिक बिदा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।