काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन् । गभर्नर पौडेलले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनलाई भेटेका हुन् ।

दुवैबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

ADVERTISEMENT

बालेन प्रधानमन्त्री भएको दिनदेखि नेप्से तीन सय अंकले घटेको छ । जसकारण लगानीकर्ताले सवा ६ खर्ब रूपैयाँ गुमाइसकेका छन् । खर्बौ रुपैयाँ गुमाएका लगानीकर्ता सडकमा आएपछि प्रधानमन्त्री बालेन गम्भीर बनेको स्रोतले बतायो ।