काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति र दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवं बैंक तथा वित्तीय संस्था (बाफिया) सम्वन्धी ऐनको प्रस्तावित परिमार्जनलगायतका विषयमा छलफल गर्न मंगलबार बैठक राखेका थिए ।

राष्ट्र बैंकमै आयोजित छलफलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सिइओ) सहभागी थिए । पौडेलले सबै वाणिज्य बैंकका सिइओलाई आमन्त्रण गरेका थिए । छलफलमा राष्ट्र बैंकका डेपुटी गर्भनर पनि उपस्थिति थियो ।

ADVERTISEMENT

तर स्ट्याण्डर्ड चाटर्ड बैंकका सीईओ गोरख राणा भने अनुपस्थित रहे । उनले बैंकका डेपुटी सिइओ सर्वेन्द्र मिश्रलाई पठाएका थिए । गभर्नर बोलाएको छलफलमा बैंकका सिइओ उपस्थित नहुनुलाई अर्थपूर्ण मानिएको छ । राणा राजा वीरेन्द्र शाहका ज्वाइँ हुन् । उनी नेपाल बैंकर्स संघको बैठकमा पनि नजाने गरेको स्रोतले बताएको छ ।

स्थापनाकालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको हो । ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।

ADVERTISEMENT