काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गृह मन्त्रालयले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।
मिटरब्याज पीडितहरू केही दिनदेखि जनकपुरबाट र्यालीसहित काठमाडौंका लागि हिंडेका थिए । आजै मात्र बारा पुगेर गृहमन्त्री सुधन गुरुङले उनीहरूसँग वार्ता गरेका थिए ।




