काठमाडौं । वृत्तान्त न्युजकर्मी काभेरी पौडेललाई पितृशोक परेको छ। उनको बुवा डा.विजय पौडेलको ६० वर्षको उमेरमा सोमबार निधन भएको हो। उपचारका लागि कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएका पौडेलको अस्पताल भर्ना गर्नुअघि नै निधन भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन्। 

डा. पौडेल नेकपा (संयुक्त) का नेता एवं पूर्वसांसद समेत हुन्।डा. पौडेल लामो समय नेकपा (एमाले) मा सक्रिय थिए। माधवकुमार नेपाललगायतका नेताले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा उनी पनि उक्त पार्टीमा आबद्ध भएका थिए।

ADVERTISEMENT

पछि नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि उनी घनश्याम भुसालसँगै नेकपा (संयुक्त) मा आबद्ध भएका थिए। पछिल्लो समय उनी नेकपा (संयुक्त) मै सक्रिय थिए।

ADVERTISEMENT

पूर्वसांसद पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए। उनका श्रीमती र एक छोरा दुई छोरी छन्।वृत्तान्त न्युजकर्मी काभेरी पौडेल र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।