काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनालगत्तै घाइतेको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार हालसम्म घाइते पुरुषको परिचय खुलेको छैन। आत्मदाहको प्रयास गर्नुको कारण पनि खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT