काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ।

मन्त्रालयले सहसचिवको अध्यक्षतामा गठन गरेको कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन गर्ने, समस्या समाधानका उपाय कार्यान्वयन गर्ने तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी रूपमा सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, विद्युत् आपूर्तिमा लापरबाही वा कमजोरी देखिए आवश्यक कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएका छन्।

ADVERTISEMENT

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्न आवश्यक सुधारका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।