काठमाडौं । नेपालको अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले जनकपुरमा आफ्नो ९औँ रिटेल आउटलेट सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले असार १७  देखि जनकपुरको भानु चोकस्थित नयाँ आउटलेटमार्फत सेवा सुरु गर्दै उद्घाटनको अवसरमा ९ दिने ‘जनकपुर ओपनिङ धमाका’ अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार असार १७ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा विशेष छुट, फ्ल्यास अफर, खरिदमा निःशुल्क उपहार तथा ‘स्पिन एन्ड विन’ लगायतका ग्राहकमुखी कार्यक्रम समावेश गरिएका छन्। उद्घाटनको दिन जनकपुर आउटलेटमा पुग्ने पहिलो ९९ जना ग्राहकले लोकप्रिय अल्टिमा बुम स्लिक इयरबड्स केवल ९९ रुपैयाँ मा खरिद गर्न सक्नेछन्। यो अफर जनकपुर आउटलेटमा मात्र लागू हुनेछ।

यस अवधिमा अल्टिमाले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट पनि उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार बुम स्लिक इयरबड्स ९९९ रुपैयाँ, वाच फ्लेक्स १,९९९ रुपैयाँ, क्लियर माइक २,९९९ रुपैयाँ तथा साउन्डबक्स S20 ३,९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। यी अफर सीमित स्टकका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कम्पनीले खरिद रकमका आधारमा ग्राहकलाई निःशुल्क उपहार पनि उपलब्ध गराउने भएको छ। ८ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुम स्लिक इयरबड्स, १० हजार रुपैयाँभन्दा बढीको खरिदमा वाच फ्लेक्स तथा १२ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुस्ट 20K प्रो पावरबैंक निःशुल्क प्रदान गरिनेछ। यी अफर नेपालभरका अल्टिमा आउटलेटहरूमा अभियान अवधिभर लागू हुनेछन्।

ADVERTISEMENT

यसैबीच कम्पनीले ‘जनकपुर ग्रान्ड कम्बो’ पनि सार्वजनिक गरेको छ। ९,९९९ रुपैयाँ मूल्यको यस प्याकेजमा अल्टिमा प्राइम, बुस्ट 20K प्रो पावरबैंक, मार्भल स्पिकर र म्याग्नम E400 स्मार्टवाच समावेश गरिएको छ। कम्पनीका अनुसार यी उत्पादनहरूको कुल बजार मूल्य १४,५०० रुपैयाँभन्दा बढी रहेको छ।

ADVERTISEMENT

उद्घाटन अभियानलाई जनकपुर तथा मिथिला सभ्यताको सांस्कृतिक पहिचान झल्किने गरी मिथिला–थिममा आयोजना गरिने कम्पनीले जनाएको छ। अभियान अवधिभर ‘स्पिन द व्हिल’, इन्फ्लुएन्सर अन्तरक्रिया तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिनेछन्।

अल्टिमा लाइफस्टाइलले जनकपुरमा आउटलेट विस्तारसँगै मधेश प्रदेशमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार नयाँ आउटलेटमार्फत स्मार्टवाच, अडियो उत्पादन, पावर सोलुसन तथा मोबाइल एक्सेसरिजहरू ग्राहकलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ।