काठमाडौं । नेपाली बजारमा पर्यायवाची बनिसकेको देशकै अग्रणी स्वदेशी ग्याजेट तथा अडियो ब्रान्ड अल्टिमा लाइफस्टाइल बिक्री भोल्युम र बलियो वितरण नेटवर्कका आधारमा आधिकारिक रूपमा नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल भएको छ।

नेपालको समग्र स्मार्ट वेयरेबल्स र अडियो बजारमा करिब २० देखि २५ प्रतिशतको बलियो हिस्सा ओगट्दै अल्टिमाले ठूला विदेशी ब्रान्डहरूलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डको रूपमा इतिहास रचेको हो।

इयरबड्स र स्मार्टवाचः कुल बजारमा २० देखि २५ प्रतिशत हिस्सा र किफायती बजेट सेगमेन्ट (तीन हजारमुनिका इयरबड्स र पाँच हजारमुनिका स्मार्टवाच) मा ३० प्रतिशतभन्दा बढीको असाधारण हिस्सा।

ADVERTISEMENT

ब्लुटुथ स्पिकरः नेपालभरिका रिटेल पसलहरूमा अत्यधिक माग रहेको साउन्ड बक्स र डाइनामाइट सिरिजहरूको बलियो उपस्थितिका कारण समग्र स्पिकर विधामा १५ देखि २० प्रतिशतको बलियो बजार हिस्सा।

ADVERTISEMENT

समग्र ग्याजेट बजारले आयात नीति र बढ्दो राजस्व भन्सार शुल्क जस्ता विभिन्न आर्थिक चुनौतीहरूको सामना गरिरहेका बेला यस्तो ऐतिहासिक उपलब्धि प्राप्त भएको हो । यस्तो जटिल अवस्थामा पनि अल्टिमा लाइफस्टाइलले आफ्नो उत्कृष्ट आन्तरिक व्यवस्थापन, कठोर गुणस्तर परीक्षण मापदण्ड र किफायती मूल्यमा प्रिमियम विशेषताको अवधारणालाई कायम राख्दै चुनौतीहरूलाई बजार नेतृत्वमा परिणत गरेको छ।

ADVERTISEMENT

यो कोसेढुंगा यो समग्र अल्टिमाआर्मी र स्वदेशी उत्पादन तथा नेपाली पहिचानलाई विश्वास गर्ने प्रत्येक नेपाली उपभोक्ताको साझा जित भएको अल्टिमाले जनाएको छ ।
‘नम्बर १ को स्थान हासिल गर्नुले हाम्रो मूल उद्देश्यलाई पुनः प्रमाणित गरेको छ । नेपालका हरेक नागरिकका लागि प्रिमियम, भरपर्दो र आधुनिक प्रविधि सहजै उपलब्ध गराउनु,’ एक कर्मचारीले भने ।

आगामी आर्थिक वर्षमा अल्टिमा लाइफस्टाइलले आफ्नो बजार उपस्थितिलाई अझ व्यापक बनाउने योजना बनाएको छ। क्षेत्रीय टियर १ वितरकहरू, राष्ट्रिय रिटेल चेनहरू, र दराजलगायत आफ्नै ईकमर्स च्यानलहरूको माध्यमबाट देशका कुना काउन्टरसम्म पुगेको अल्टिमाले छिट्टै नयाँ फिजिकल एक्सपेरियन्स स्टोरहरू र परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टममार्फत ग्राहकहरूलाई अझ उत्कृष्ट प्रविधि सेवा प्रदान गर्ने जनाएको छ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको लाइफस्टाइल एसेसरिज ब्रान्ड हो। स्वदेशी प्रविधि बजारलाई नयाँ उचाइ दिने उद्देश्यका साथ स्थापित अल्टिमाले अन्तर्राष्ट्रिय मापदण्डका स्मार्टवाच, इयरबड्स, पोर्टेबल स्पिकर र चार्जिङ एसेसरिजहरू नेपाली उपभोक्ताको आवश्यकता र चाहना अनुरूप उपलब्ध गराउँदै आएको छ।