काठमाडौं। नेपालको अग्रणी अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइल ले आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ असार २ गते सार्वजनिक गर्ने भएको छ। कम्पनीले कराओके स्पिकर श्रेणीमा पहिलोपटक प्रवेश गर्दै नेपाली उपभोक्तालाई संगीत र मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
अल्टिमाका अनुसार बुमबक्स १३० मा १२० वाटको शक्तिशाली साउण्ड आउटपुट रहेको छ। यससँगै यु एच एफ (UHF) वायरलेस माइक्रोफोन उपलब्ध गराइने भएकाले प्रयोगकर्ताले तारको झन्झटबिना कराओकेको मजा लिन सक्नेछन्।
पार्टी, पारिवारिक जमघट, पिकनिक तथा घरभित्रको मनोरञ्जनलाई लक्षित गरी डिजाइन गरिएको यो स्पिकरमा TWS Pairing, RGB लाइटिङ, Normal, Boost र Bass Boost गरी तीनवटा EQ मोड बाट प्रयोग गर्न सक्नेछन् भने १०,००० mAh क्षमताको ब्याट्री तथा IPX6 वाटर रेसिस्टेन्स जस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
स्पिकरले ५० प्रतिशत भोल्युममा १० घण्टासम्म निरन्तर प्ले टाइम प्रदान गर्ने दाबी गरिएको छ। साथै Bluetooth, USB, TF Card, AUX र Wired Microphone लगायतका विभिन्न कनेक्टिभिटी विकल्प उपलब्ध छन्।
अल्टिमाले बुमबक्स १३० लाई क्यामोफ्लाज र इन्क ब्ल्याक गरी दुई रंगमा बजारमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार दुईवटा बुमबक्स १३० लाई TWS Pairing मार्फत जोडेर अझ फराकिलो स्टेरियो साउण्ड अनुभव लिन सकिनेछ।
स्पिकरको आधिकारिक मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ। तर, लन्च अफर अन्तर्गत पहिलो १०० ग्राहकले १९ हजार ९९९ रुपैयाँमै खरिद गर्न सक्नेछन्। साथै उनीहरूले ३ हजार ४९९ रुपैयाँ बराबरको Ultima Boom Sleek Earbuds निःशुल्क र एक वर्षको अतिरिक्त वारेन्टी समेत प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार बुमबक्स १३० Ultima.com.np, आधिकारिक आउटलेट, दराज , खल्ती , जीभी , फोन पोईन्ट तथा पठाओ बजार मार्फत उपलब्ध हुनेछ।
अल्टिमा लाइफस्टाइलले स्मार्टवाच, वायरलेस इयरबड्स, स्पिकर, नेकब्यान्ड, चार्जर तथा मोबाइल एसेसरीज लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।








