काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ ।

आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् ।

ADVERTISEMENT

यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पनि विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

अहिले शून्य र आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी छ । बैठककाे सुरुमै श्रम संस्कृति पार्टीका अध्यक्षले पर्चा देखाउँदै प्रधानमन्त्री सदनमा नआएकाेमा आपत्ति जनाएका थिए ।

ADVERTISEMENT