काठमाडौं । पश्चिम् नवलपरासी सुस्ता फेरि तनाव बढेको छ । शुक्रबार बिहान नेपाली भूमि पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएपछि स्थानीयले प्रतिकार गरेका छ्न् ।

स्थानीय प्रशासनमाथि भने यस प्रकरणमा बेखबर बनेको गुनासो छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको बताएका छन् ।

ADVERTISEMENT

भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा आएपछि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि उनीहरू फर्केका थिए ।

भारतीय सुरक्षाकर्मीले गण्डक तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएपछि काम रोकिएको छ ।

ADVERTISEMENT