देवदह (रुपन्देही)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको जिल्ला सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यायले प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार उपाध्यायले २९६ मत प्राप्त गर्नुभयो भने न्यौपानेले १४३ मत प्राप्त गरेका थिए।

ADVERTISEMENT

जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल निर्वाचित भएका छन्। उनले २३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गर्नुभयो। सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भए  भने मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका थिए।

त्यसैगरी, सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित निर्वाचित भए। उनको  प्रतिस्पर्धी प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरेको  निर्वाचन समितिले जनाएको छ।

ADVERTISEMENT

कार्यसमिति सदस्यतर्फ शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ को संयोजकमा खडानन्द पौडेल, क्षेत्र नं. २ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नं. ३ मा छविलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा तथा क्षेत्र नं. ५ मा शेषकान्त गैरे (समिर) निर्वाचित भएका छन् ।