काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि २१ खर्ब २४ अर्ब विनियोजन गरेको छ।

शुक्रबार संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि उक्त बजेट सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सुझाएको थियो। यद्यपि आयोगको सिलिङभन्दा बढी रकमको बजेट सार्वजनिक गरिएको छ। चालू आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको थियो।

ADVERTISEMENT

सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । बढ्दो महँगी र कर्मचारीको जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब वृद्धि गरिएको सरकारले जनाएको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ ।

सरकारको यो निर्णयपछि निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सरकारी सेवामा कार्यरत लाखौं कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

ADVERTISEMENT

सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै १० प्रतिशत वृद्धि गरेको छ । चार वर्षदेखि तलब वृद्धि नभएकाले सरकारले महँगी भत्ता यथावत् राख्दै न्यूनतम ४० हजारदेखि एक लाखसम्म तलब पुग्ने घोषणा गरेको छ ।