काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेकी छन् । बिहीबार उनले पूर्वमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको केन्द्रको भ्रमण गरेकी हुन् ।
हिमानी शाहसँगै पूर्वराजकुमारी दिलासा राणाले पनि केन्द्रको अवलोकन गरेकी थिइन् । अवलोकनका क्रममा उनीहरूले केन्द्रमा भइरहेका विभिन्न अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिसम्बन्धी परियोजनाबारे जानकारी लिएका थिए ।
राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासलाई प्रोत्साहन गर्दै विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । केन्द्रले युवाहरूलाई नवीन सोच र सिर्जनात्मक कार्यमा प्रेरित गर्ने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।







