काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।भदौ २३ र २४ गते भएका घटनामा मानव अधिकार उल्लंघन भएको विषयमा अनुसन्धान गर्न गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो ।

आयोगले अनुसन्धानका लागि सिफारिस गरेका सांसदहरूमा मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादव रहेका छन् ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार पूर्वगृहमन्त्रीसमेत रहेका सुधन गुरुङ र सांसद पुरुषोत्तम यादवले ‘जेनजी आन्दोलन’ सञ्चालनका लागि अनुमति लिएको उल्लेख गरिएको छ । आयोगले भिडलाई उक्साउने समूहलाई कानुनी दायरामा ल्याउन पनि सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन गरिएको समितिले घटनाबारे अध्ययन तथा अनुसन्धान गरेको थियो । आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको जनाएको छ ।

ADVERTISEMENT

आयोगले घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।