काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालन भएको हो ।

बैठक प्रारम्भ हुनासाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा रास्वपा सांसद जगदीश खरेल (ललितपुर)ले प्रयोग गरेको ‘तमासा देखाएको’ भन्ने शब्द असंसदीय भएकाले रेडर्कबाट हटाउन माग गरे ।

ADVERTISEMENT

सभामुखसँग समय मागेर रास्वपा सांसद खरेलले आफूले प्रयोग गरेको ‘तमासा’भन्ने शब्द संसदीय मर्यादा विपरीत नरहेको दाबी गरे ।

कांग्रेसका सांसद निश्कल राईले सभामुखको आदेशविपरीत आफ्नो पार्टीका सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति गरे ।

ADVERTISEMENT

सभामुख अर्यालले सांसद सेन्दाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादापालकलाई निर्देशन दिएको बताए । ‘उहाँ (सेन्दाङ) लाई बैठकबाट बाहिर निकालिएको होइन,’ सभामुख अर्यालले भने ।