काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

ADVERTISEMENT

सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ आज प्रधानमन्त्री बालेन्द्र शाहले दिने कि नदिने भन्ने अझै टुंगो लागिसकेको छैन ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै बुधबारको बैठक अवरुद्ध पारेका थिए । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरियोस् भन्दै सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए । रास्वपा र सरकार भने अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने अडानमा छ ।

ADVERTISEMENT

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । चालू सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।