काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तानेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले शुक्रबार मौद्रिक उपकरण बिक्री गरेर रकम खिचेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह ३ बजेसम्ममा अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि ६१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति आगामी साउन ६ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुका लागि यो उपकरण बिक्री गरिएको हो ।

ADVERTISEMENT

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने छ ।