ललितपुर। सामसुङ स्मार्ट प्लाजाले ललितपुरको इमाडोलमा आफ्नो नयाँ १५औँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ।कम्पनीका अनुसार नयाँ आउटलेट सञ्चालनसँगै नेपालमा सामसुङका आधिकारिक उत्पादनको पहुँच थप विस्तार भएको छ।

उक्त शोरुमको उद्घाटन सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ युके जङ, गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीले यस विस्तारलाई सामसुङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ युके जङले नेपालमा सामसुङको सहज पहुँच र ग्राहक–केन्द्रित सेवा विस्तारमा नयाँ आउटलेटले महत्वपूर्ण भूमिका खेल्ने बताए।

ADVERTISEMENT

उनले विभिन्न उत्पादनमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइएकाले नेपाली उपभोक्ताले स्मार्टफोन, टेलिभिजन तथा होम एप्लायन्स सहज वित्तीय सुविधासहित खरिद गर्न सक्ने जानकारी दिए।उनका अनुसार सामसुङले आफ्नो ओम्नी–च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खरिद अनुभवलाई एकीकृत गर्ने रणनीति अघि बढाएको छ।

ADVERTISEMENT

ग्राहकहरूले सामसुङ प्लाजा डट कम डट एनपीमार्फत अनलाइन अर्डर गर्न, उत्पादनबारे जानकारी लिन तथा नजिकको स्मार्ट प्लाजामा पुगेर प्रत्यक्ष अनुभव गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा सामसुङको रेमिटेन्स रिवार्ड प्रोग्रामबारे पनि जानकारी दिइएको थियो। यो कार्यक्रम विदेशमा रहेका नेपाली र नेपालस्थित परिवारबीच सामसुङ उत्पादनमार्फत विशेष सुविधा र सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सामसुङ स्मार्ट प्लाजा केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले उत्पादनलाई प्रत्यक्ष अवलोकन, परीक्षण, तुलना र विज्ञ परामर्श प्राप्त गर्न सक्ने अनुभव केन्द्रका रूपमा विकास गरिएको छ।

नयाँ आउटलेटमा स्मार्टफोन, टेलिभिजन, होम एप्लायन्स र अन्य आधिकारिक सामसुङ उत्पादनहरूको विस्तृत श्रृंखला उपलब्ध रहेको छ।सामसुङ स्मार्ट प्लाजाले इमाडोल तथा आसपास क्षेत्रका ग्राहकलाई नयाँ आउटलेटमा आएर आधुनिक किनमेल अनुभव लिन आग्रह गरेको छ।