काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै नतिजा हेर्न सकिने विभिन्न माध्यमबारे जानकारी दिएको हो ।

ADVERTISEMENT

कार्यालयका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ । त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ ।

परीक्षा दिएको एक महिनाभित्रै एसइइको नतिजा सार्वजनिक गरिन लागेको हो । सम्भवतः सोमबार वा मंगलबार एसइइको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

ADVERTISEMENT