काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषय समेटिएको छ ।
रास्वपाले दुई दिने नीति मन्थन कार्यक्रम राखेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबारदेखि जारी नीति मन्थन आइतबार दिनभरि पनि चल्ने भएकाले साँझ सचिवालय बैठक बस्नेछ ।





