काठमाडौँ । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा झरेको छ ।

बुधबार ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर एक लाख चार हजार पाँचपटक खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

ADVERTISEMENT

आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।