काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज ३५१ कम्पनीको एक करोडभन्दा बढी सेयर किनबेच हुँदा चार अर्ब ७३ करोडभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

बैंकिङ, विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्सको उपसूचक बढेको छ । हाइड्रो, निर्माण, म्युचुअल फन्डको उपसूचक घटेको छ ।

सोमबार रिलायन्स स्पिनिङ मिल्सको ३० करोडभन्दा बढीको कारोबार भएको छ । आँखु खोलाको २५ करोड, सोलु हाइड्रोको २३ करोड, नेसन हाइड्रोको १४ करोड र कर्पोरेट डेभलपमेन्टको १२ करोडभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावल डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको छ । सिटी होटलको सेयर १४.९९ प्रतिशतले बढेको छ ।