काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले बुधबार सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको जनाएको हो।

समितिका अनुसार सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्नुपर्नेछ। अन्यथा कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

ADVERTISEMENT

समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, सार्वजनिक हुन बाँकी रहेका अन्य ऋणीहरूलाई समेत समयमै सम्पर्क गरेर ऋण भुक्तानी गर्न आग्रह गरिएको छ।

ADVERTISEMENT

आज सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय संकट र बचतकर्ताको रकम फिर्ता सम्बन्धी विवाद बढिरहेका बेला समितिले ठूला ऋणीमाथि दबाब बढाउने रणनीतिअन्तर्गत नाम सार्वजनिक गर्न थालेको हो।

ADVERTISEMENT