काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषिजन्य वस्तुको मूल्यमा विभिन्न दर कायम गरिएको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय गोलभेँडा ७० रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ तथा टनेल गोलभेँडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो (लाम्चो) ४० रुपैयाँ, आलु रातो (गोलो) ३५ रुपैयाँ, आलु रातो (मुढे) ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ४३ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

ADVERTISEMENT

तरकारीतर्फ गाजर १०० रुपैयाँ, बन्दा ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

बोडी (तने) ४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँदेखि १२० रुपैयाँसम्म, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, तीते करेला ४० रुपैयाँ तथा लौका ७० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

ADVERTISEMENT

हरियो सागसब्जीमा रायोसाग ६० रुपैयाँ, पालुङ्गो ९० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ, च्याउ (कन्य) २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३५० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।

विशेष तरकारीतर्फ कुरिलो ३५० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, सेलरी १३० रुपैयाँ, पार्सले २२० रुपैयाँ, पुदिना १२० रुपैयाँ, इमली २०० रुपैयाँ, तामा १४० रुपैयाँ, तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ७० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, तरबुजा ५० रुपैयाँ तथा जुनार २२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यसैगरी, भुइँकटहर २०० रुपैयाँ, लोकल काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नासपाती १६० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ तथा स्थानीय लिची २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

मसलाजन्य वस्तुतर्फ अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ तथा भेडेखुर्सानी ८० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

यसका साथै हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ, नेपाली लसुन १८० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ तथा ताजा माछा (रहु) ३४० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।