काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’ आफ्नो करिअरकै विशेष र सम्झनलायक प्रोजेक्ट भएको बताएकी छिन्।

शुक्रबार ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले यो आमा–छोरीको संघर्ष र सफलताको कथा भएकाले आफू निकै उत्साहित रहेको बताइन्। फिल्ममा उनले बादी समुदायकी महिलाको मुख्य भूमिका निर्वाह गरेकी छिन्।

ADVERTISEMENT

ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदी र विशाल देवकोटा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

कार्यक्रममा अभिनेता रवीन्द्रसिंह बानियाँले फिल्मले महिलाको जीवनका बाध्यता, संघर्ष र सफलतालाई समेटेको बताए। उनका अनुसार फिल्मले सामाजिक विषयलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

ADVERTISEMENT

षट्कोण आर्टसको निर्माणमा बनेको फिल्मको निर्देशन यम थापाले गरेका हुन्। निर्माण पक्षका अनुसार ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउनेछ।