काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गरेका छन् । बिहीबार उपसभामुखको निर्वाचन गरिसकेपछि संसद् अधिवेशन अन्त्य हुने भएको छ ।
‘रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१२–२४ को सिफारिसमा संवत् २०८२ चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।
अब केही दिनमौ बजेट अधिवेशन सुरु हुन्छ । संविधानतः जेठ १५ गते बजेट ल्याउनै पर्ने हुन्छ। प्रिबजेटमाथि छलफल गर्न चाँडै बर्खे अधिवेशन आह्वान हुनेछ ।




