काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ ।

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजनाअनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधा प्रवाह गर्न हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

ADVERTISEMENT

कुमारी बैंकको २५औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुरलगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पु¥याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढावा दिएको छ । यस पहलमार्फत, बैंकले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

यसका साथै बैंकले अफ्ना सम्पूर्ण शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । कार्यक्रममार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जीवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्स बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरुले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना तीस लाखभन्दा बढी ग्राहकवर्गहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।