काठमाडौं । यसअघिका प्रत्येक सरकार बनाउने र ढाल्ने बिचौलिया दीपक भट्टमाथि पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएका छन् ।

सम्पत्ति सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान थालेपछि भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको हो । भट्टलाई विदेश यात्रामा जानबाट रोक लगाएको छ ।

ADVERTISEMENT

अध्यागमनको कालोसूचीमा परेका व्यक्ति सम्बन्धित अनुसन्धान गर्ने निकाय वा नेपाल सरकारको पूर्व स्वीकृति बेगर विदेश यात्रा गर्न पाउँदैनन् ।

ADVERTISEMENT

विवादास्पद व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन् । ठूला दलका नेता, सार्वजनिक ओहोदाधारी पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंकरबिमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका संदिग्ध गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लाग्दै आएको छ ।

भट्ट प्रमुख रहेको इन्फिनिटी होल्डिङस् र त्यसमार्फत शंकास्पद कारोबार गरेका विवरणहरू फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए । तर तत्कालीन एमाले नेतृत्वको सरकारले उनलाई उन्मुक्ति दिँदै आएको थियो । उनको एमाले नेताहरूसँग बाक्लो उठबस थियो ।

ADVERTISEMENT