काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर आज छापावाल सुन तोलामा एक लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।

अब केही दिनभित्रै सुन तोलामा दुई लाख रुपैयाँ पुग्ने सुन व्यवसायीहरूको भनाइ छ । मंगलबार छापावाल सुन तोलामा एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा दुई हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा दुई हजार ३२० रुपैयाँ कायम भएको थियो ।