काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालले २०२५ को लाइफ इन्स्योरेन्स विधामा नेपाल लाइफ इन्स्योरेन्स ‘कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार २०२५ (The HRM Awards for Corporate Excellence 2025)बाट सम्मानित गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले अवार्ड ग्रहण गरेका थिए।

यस अवार्डका लागि कम्पनीको वित्तीय प्रदर्शन, सूचकांक, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, मानव संसाधन विकासमा लगानी, लगानी विविधिकरण, डिजिटल रुपान्तरण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम जस्ता मापदण्डहरू मूल्याङ्कन गरिएको थियो।

ADVERTISEMENT

कम्पनीको कार्य कुशलता, पारदर्शी नीति, ग्राहकको विश्वास र सहज सेवा प्रवाहका आधारमा नेपाल लाइफलाई उत्कृष्ट प्रदर्शनको रूपमा चयन गरिएको हो।

ADVERTISEMENT

अवार्ड ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संचालक समिति, कर्मचारी, अभिकर्ता, नियामक निकाय, शेयरधनी र ग्राहकहरूलाई सफलताको श्रेय दिएका छन्। उनले कम्पनीले जीवन बीमाको महत्व फैलाउन र नेपाली समाजमा जागरूकता बढाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।